Blog - ग्यालेक्सी दैनिक
मङ्लबार, अशोज २९, २०८१

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे
अर्थ/व्यापार, समाचार

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ । ...
मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को  बिमोचन
अन्तर्राष्ट्रिय, समाचार

मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बिमोचन

बेल्जियम – नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।  पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डारीले प्...
टेक विसीको  ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)
मनोरन्जन, समाचार

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।...
शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)
मनोरन्जन

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।...
श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )
मनोरन्जन, समाचार

श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )

काठमाडौं : चर्चित गायक राजेश पायल राइको स्वर , समिर राई द्वारा लेखिएको त्यसै गरि बलराम राजबन्शिले सङ्गित गर्नु भएको जहिले देखि नजर जुदयो बोलको गीतमा नायक श्रीदेव भट्टराई र मोडल स्नेहा जोशिको रोमान्स देख्न पाइने भएको छ । बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन, अर्चना र अमृताको मेकप रहेको छ। मायापिरति सम्बन्धि गीत जैले देखि नजर जुदयो काभ्रे र सिन्धुलिको रमणीय स्थानमा छायांकन गरिएको छ। ...
टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा
अर्थ/व्यापार, समाचार

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् । पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर...
युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै
मनोरन्जन, समाचार

युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् । ...
कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर
अर्थ/व्यापार, समाचार

कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ । विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो...
आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट
मनोरन्जन, समाचार

आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट

गायन र नृत्यको टेलिभिजन रियालिटी शो नेसन्स् गट ट्यालेन्ट केही अघि सम्पन्न भएको छ। देशभरका ८ देखि १३ वर्षका सहभागी नेशन्स गट ट्यालेन्टमा नृत्यतर्फ आराध्य महर्जन विजयी हुँदा दीपशिखा कार्की फस्ट, साम्रगी पन्थी सेकेन्ड, आयु खत्री थर्ड र मोनालिषा धामी फोर्थ रनर्सअप भए। त्यसैगरी गायनतर्फ दीक्षा उप्रेती विजयी भइन् भने अप्सानी डंगोल फस्ट, अर्पण विश्वकर्मा सेकेन्ड, रितिन झा थर्ड र युमी राई फोर्थ रनर्सअप भए। रियालिटी शोका दर्शकको भोटका आधारमा विजयी घोषणा गरिएको थियो । रियालिटी शोमा देशका प्रमुख स्थानबाट गायन तथा नृत्य विधाका सयौँले अडिसन दिएका थिए। त्यसमध्ये निर्णायक मण्डलको निर्णयको आधारमा उत्कृष्ट २६ छनोट गरी दुवै विधाबाट १६–१६ जना अर्को चरणमा प्रवेश गरेका थिए। निर्णायकको निर्णयको आधारमा १२ प्रतिस्पर्धीको प्रिमियर राउन्ड घोषणा गरिएको थियो। रियालिटी शोको गायन विधामा गायक आनन्द कार्की र गायिका...
सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन
मनोरन्जन, समाचार

सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन

काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन ।   उत्तम पौडेल नेतृत्वको  नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो | रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन । लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा निरन्तर लाग...