Blog - ग्यालेक्सी दैनिक
शनिबार, मंसिर २९, २०८१

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे
अर्थ/व्यापार, समाचार

शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ । ...
पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै
अर्थ/व्यापार, समाचार

पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै

पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ। यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्। विशेष आकर्षणहरू: सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य। नाइट बेलुन ग्लो: बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै। आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्षको इभ, र समापन समारोहमा। प्रत्यक्ष क...
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी
समाचार, समाज

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारम...
युवराज छन्त्यालको ‘बाग्लुङ बुर्तीवाङमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्यालको ‘बाग्लुङ बुर्तीवाङमा’ सार्वजनिक(भिडियो)

लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउने विश्वास राखेको बताएका छन् ।...
नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)

नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ । ‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएका गायक थापाको अजम्बरी-२०७२, परिवेश-२...
सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन । अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन । खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ ।...
चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा
मनोरन्जन, समाचार

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा

काठमाडौं २१ मंसिर । बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो । ...
फेसियल हाउसले खोल्यो नेपालगंजमा शाखा
अर्थ/व्यापार, समाचार

फेसियल हाउसले खोल्यो नेपालगंजमा शाखा

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फेसियल हाउसकी संचालिका सुष्मा ...
नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने
अर्थ/व्यापार, समाचार

नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् । महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् । इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले ...
प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)

काठमाडौं ।  पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेकोछ भने, मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ । https://www.youtube.com/watch?v=PZIgQxCpHMg तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा...
विलास खत्रीले थाइलैण्डमा जिते ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड
अर्थ/व्यापार, समाचार

विलास खत्रीले थाइलैण्डमा जिते ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शिक्षा र...