सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रविना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी घरानकी स्थायी बासिन्धा केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिवेला । यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनवाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाइ भाग्यमानि ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार ब्यक्त गर्नचाहन्छु । आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वसा लिएको उनले जनाइन । उनले खबरहबको “मेरो रंगमञ्च” कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन । निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’को औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ । यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।