काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र भाइब एजुकेशनबीचको ‘एजेन्ट मिट’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यान सदस्यहरू माझ भाइव एजुकेशनका प्रतिनिधीद्वारा ‘इन्फरमेशन शेसन’ सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै एप्क्यान अध्यक्ष प्रज्वल बस्नेतले भाइव एजुकेशनसँगको सहकार्यले दुवइको शिक्षालाई नेपाली विद्यार्थीमाझ परिचित गराउन सहयोग पुग्ने बताए। उनले संस्थाले आगामी दिनमा यस्ता कामलाई थप शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिए।
कार्यक्रममा एप्क्यान महासचिव अनिल शर्मा पौड्यालले विभिन्न नयाँ शैक्षिक गन्तव्यकोबारेमा आफ्ना सदस्यहरूलाई जानकारी दिने उद्देश्यले दुवइको भाइव कलेजसँग सम्झौता गरिएको बताए। कार्यक्रममा भाइब एजुकेशनका प्रतिनिधी प्रतिक पौडेलले दुवइको शैक्षिक वातावरण, अध्ययन पश्चातका अवसर, कलेजको भौतिक शेक्षिक पूर्वाधारको विषयमा प्रस्तुति दिएका थिए। उनले कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सीप विकासमा जोड दिदैँ आएको बताए।
इन्फरमेशन शेसन पश्चात कार्यक्रममा सहभागी एप्क्यान सदस्यहरूले दुवइको शिक्षा प्रणाली र आवेदन प्रक्रियाका विषयमा कलेजका प्रतिनिधीसँग जानकारी लिएका थिए।