Friday, November 20

गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)

नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ ।

रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी, निर्देशन निरेन श्रेष्ठको रहेको छ ।

भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युटूव च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *