Thursday, November 19

मनोरन्जन

नृत्य प्रतिभा प्रस्फुटनको अवसर बन्दै अनलाइन डान्स प्रतियोगिता
मनोरन्जन, समाचार

नृत्य प्रतिभा प्रस्फुटनको अवसर बन्दै अनलाइन डान्स प्रतियोगिता

ललितपुर। बालबालिका तथा किशोरकिशोरीभित्र लुकेर रहेका नृत्य प्रतिभालाई उजागर गर्दै राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित लक्जरी ईभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित ‘अनलाइन दशैँ तथा तिहार डान्स प्रतियोगिता–सिजन २’ उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। नेपाली कला, संस्कृति र नृत्यप्रतिको आकर्षणलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तामा रहेको सिर्जनात्मक क्षमता, आत्मविश्वास र प्रस्तुतिकला विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। विशेषगरी काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिभाशाली बालबालिका तथा किशोरकिशोरीलाई समेत समान अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगितालाई पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताप्रति देशभरका बालप्रतिभाको आकर्षण उल्लेख्य देखिएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि देशका विभिन्न स्थानबाट ८६० भन्दा बढी नृत्य भिडियो प्राप...
क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘
मनोरन्जन, विशेष, समाचार

क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘

टोरन्टो (क्यानडा), कात्तिक १५ गते। क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। सिजन मिडिया प्रालि नेपालको आयोजनामा आइतबार क्यानडाको मिसिसागास्थित हक्का खजानामा आयोजित समारोहमा विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको गरिएको हो। पत्रकारिता, अध्यागमन कानुन, शिक्षा, उद्यमशीलता, वित्तीय व्यवस्थापन, रियल इस्टेट, संगीत, सञ्चार तथा सामुदायिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेमा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई नेपाली डायस्पोरा पत्रकारिता, अमेरिकी अध्यागमन कानुन व्यवसायी बासु फुलारालाई अध्यागमन कानुन, अनोखी लाइफ तथा द ओपन चेस्ट कन्फिडेन्स एकेड...
युवराज छन्त्यालको बहुप्रतीक्षित ‘पैसा’ रिलिज, ‘छन्दे’ सहित कलाकारहरूको दमदार अभिनय
मनोरन्जन, समाचार

युवराज छन्त्यालको बहुप्रतीक्षित ‘पैसा’ रिलिज, ‘छन्दे’ सहित कलाकारहरूको दमदार अभिनय

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै निरन्तर सक्रिय रहँदै आएका बहुप्रतिभाशाली गायक तथा सर्जक युवराज छन्त्यालको नयाँ सांगीतिक कोसेली ‘पैसा’ सार्वजनिक भएको छ। बागलुङको माटोमा न्मिएर हाल कतारलाई मुख्य कर्मथलो बनाउँदै आएका छन्त्यालले रोजगारीको सिलसिलामा परदेशमा रहेर पनि नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय बजारीकरण र उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। थुप्रै राष्ट्रिय अवार्डहरू जितिसकेका छन्त्याल नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक स्थापित र सशक्त नाम हुन्। विश्वका विभिन्न मुलुकहरूको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्नो मौलिक भाका र कला पस्किसकेका छन्त्यालले नेपाली लोकसंस्कृतिलाई विश्वस्तरमै चिनाउन निरन्तर सेतुको भूमिका निर्वाह गरिरहेका छन्। यसै क्रममा उनले वर्तमान समाजको यथार्थ, मानवीय सम्बन्ध र पैसा वरिपरि घुम्ने जीवनशैलीलाई व...
विवाहित महिलाको आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्दै मिसेस नेपाल वर्ल्डको ग्ल्याम नाइट
मनोरन्जन, समाचार

विवाहित महिलाको आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्दै मिसेस नेपाल वर्ल्डको ग्ल्याम नाइट

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक पहिरनमा र्‍याम्प वाक गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । मिसेस नेपाल वर्ल्ड २०२६ की प्रतियोगी नम्बर ४ ऋचा शर्माले विवाहित महिलाहरूको आत्मविश्वास बढाउन र प्रतिभा प्रदर्शन गर्न प्रतियोगिता राम्रो मञ्च बनेको बताइन् । ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् । महिलाहरूलाई अगाडि बढ्ने चाहना हुँदाहुँदै पनि विविध कारणले नसक्ने भन्दै उनले प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा नहुने बताइन् । महिलाहरूले आफ्ना इच्छा र बाल्यकालदेखि अधुरा रहेका चाहना पूरा गर्न यस्ता अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यो महिलाहरूक...
‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता
मनोरन्जन, समाचार

‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता

काठमाडौं । बालबालिका तथा महिलाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता काठमाडौंको कोटेश्वरस्थित कान्जिरोवा स्कुलको फुटसल ग्राउण्डमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बालबालिका तथा विवाहित र अविवाहित महिला सहित ३२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा प्रोत्साहन गरेको आयोजकले जनाएको छ। कार्यक्रममा स्पेन तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश ढकाल, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार मनोहरी थापा, कलाकार किरण केसी, राजनीतिज्ञ, समाजसेवी तथा व्यवसायी मुस्कान पौडेल, हिमानी ट्रष्टका प्...
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन
खेलकुद, मनोरन्जन, समाचार

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। 'व्हिस्पर'को प्रस्तुति, 'अर्ना इनर्जी ड्रिंक' पावार्ड बाइ र 'निभिया' सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो। स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई 'लालीगुराँस' र 'डाँफे' गरी दुई टोलीमा विभाजन गरिएको थियो। प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिए...
व्ल्याक बर्ड ईन्टरटेनमेन्टको आयोजनामा फेस अफ जुनियर मोडल दोश्रो संस्करणको ग्राण्ड फिनाले सम्पन्न
मनोरन्जन, समाचार

व्ल्याक बर्ड ईन्टरटेनमेन्टको आयोजनामा फेस अफ जुनियर मोडल दोश्रो संस्करणको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ जुनियर मोडलको दोश्रो संस्करण को भव्य ग्राण्ड फिनाले शुक्रबार काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको छ। ठूलो संख्यामा उपस्थित दर्शक, अभिभावक, अतिथि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उत्साहपूर्ण सहभागिताबीच सम्पन्न फिनालेमा प्रतियोगी बालबालिका तथा युवाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र प्रस्तुति क्षमताको प्रभावशाली प्रदर्शन गरेका थिए। बालबालिका तथा युवामा आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति कला र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरण विभिन्न आकर्षक प्रस्तुति, प्रतिस्पर्धात्मक चरण तथा सम्मान समारोहका साथ सम्पन्न भएको हो। कार्यक्रममा चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन प्रख्...
‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को उपाधि समीक्षा र रीतालाई
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’को उपाधि समीक्षा र रीतालाई

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको ११औं संस्करणको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा समीक्षा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ तथा रीता तामाङले ‘मिसेस ब्युटिफुल नेपाल’को मुख्य उपाधि हात पार्न सफल भएका छन्। पेशाले सौन्दर्यकर्मी (ब्युटिसियन) रहेकी रीता तामाङले मुख्य ताजसँगै ‘बेस्ट वाक’, ‘मस्ट फोटोजेनिक’ र ‘मस्ट ट्यालेन्टेड’ गरी चार विधामा उपाधि आफ्नो नाममा पार्दै उत्कृष्ट नतिजा हासिल गरिन्। उपाधि जितेपछि खुसी व्यक्त गर्दै तामाङले यो सफलताले आफूलाई अझ जिम्मेवार बनाएको र नयाँ उत्साह दिएको बताइन्। मिसेस ब्युटिफुल नेपालतर्फका विजेताहरू: विजेता (Winner): रीता तामाङ फर्स्ट रनर-अप: मन्दिरा आचार्य सेकेन्ड रनर-अप: गीता बुढाथोकी थर्ड रनर-अप: सृजना घिमिरे फोर्थ रनर-अप: रीत...
‘मिस ब्युटिफुल नेपाल’ र ‘मिसेस ब्युटिफुल नेपाल’को ट्यालेन्ट राउन्डमा देखियो विविध प्रतिभा
मनोरन्जन, समाचार

‘मिस ब्युटिफुल नेपाल’ र ‘मिसेस ब्युटिफुल नेपाल’को ट्यालेन्ट राउन्डमा देखियो विविध प्रतिभा

काठमाडौं — सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभा प्रस्फुटनको प्रतिष्ठित मञ्च ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करण अन्तर्गतको ‘ट्यालेन्ट राउन्ड’ आइतबार राजधानीमा सम्पन्न भएको छ। दक्ष इन्टरनेसनल प्रालिको आयोजनामा सञ्चालित यस प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच आयोजना हुँदैछ। ट्यालेन्ट राउन्डमा प्रतियोगीहरूले आ-आफ्नो रुचि र विधाअनुसार नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विविध सिर्जनात्मक प्रस्तुतिमार्फत निर्णायक मण्डललाई प्रभावित पारेका थिए। निर्णायक मण्डल प्रतियोगीहरूको प्रतिभा मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको भूमिकामा रहनुभएको थियो: शीतल के.सी. — अभिनेता तथा चलचित्रकर्मी रेशम सापकोटा — वरिष्ठ गायक, सर्जक तथा भजन सम्राट नरहरि प्रेमी — चर्चित गाय...
विजय गुरुङ–तृप्ति खड्का गुरुङको ‘साउनको पानी’ सार्वजनिक
मनोरन्जन, समाचार

विजय गुरुङ–तृप्ति खड्का गुरुङको ‘साउनको पानी’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार विजय गुरुङ र गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङको स्वरमा रहेको नयाँ नेपाली गीत ‘साउनको पानी’ सार्वजनिक भएको छ। प्रेम, सम्झना र वर्षायामको भावनालाई मन छुने ढंगले प्रस्तुत गरिएको गीतले नेपाली संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ। साउनको झरीसँगै जाग्ने प्रेम, पुराना सम्झना र भावनात्मक अनुभूतिलाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विजय गुरुङको शब्द रचना तथा तृप्ति खड्का गुरुङको संगीत रहेको गीतमा तृप्ति खड्का गुरुङ र वैकुण्ठ प्रधानको स्वर सुन्न सकिन्छ। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन् भने रेकर्डिङ तथा निर्माण सारेगामा स्टुडियोमा गरिएको हो। गीतको श्रव्य तथा दृश्य निर्माणसमेत तृप्ति खड्का गुरुङकै पहलमा गरिएको छ। गीतको भिडियोमा स्वयं विजय गुरुङसँगै पुजन घिमिरेको अभिनय रहेको छ। प्रेम र व...