Friday, November 20

कोरोनाबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो:डब्लूएचओ

कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ। शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन्।

भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ। त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन्।’ डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ।

नेपालमा यतिबेला दैनिक ८ हजार ५ सयभन्दा बढी संक्रमित थपिरहेका छन्। सोही अवधिमा यहाँ सयभन्दा बढीको ज्यान गइरहेको छ। पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरुले कोरोना संक्रमितलाई भर्ना लिन मानिरहेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *