Friday, November 20

चिकित्सक संघले भन्योः दलहरु कोरोनाविरुद्ध एकजुट हुनुपर्ने बेला राजनीतिक जोडघटाउमा लागे

नेपाल चिकित्सक संघले देश कोरोना महामारीको गम्भीर चपेटामा रहेका बेला दलहरु राजनीतिक जोडघटाउमा लागेको भन्दै असन्तुष्टि पोखेको छ। संघका अध्यक्ष डा. लोचन कार्की र महासचिब डा बद्री रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संकटपूर्ण अवस्थामा दोस्रो लहरको रोकथाम र उपचारको साथै आउन सक्ने तेस्रो लहरको तयारी गर्नुको सट्टा नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरु नागरिकहरुको जनस्वास्थ्यलाई भन्दा अस्वाभाविक राजनीतिक जोडघटाउमा लागि रहेका छन्।’

संघले नेपाली राजनीतिक दलहरुको गतिविधिले लज्जाबोध भएकोसमेत बताएको छ। संघले भनेको छ, ‘विश्वसामू नेपालको जनस्वास्थ्यको विद्यमान अवस्था र नेपाली नागरिकहरु दिनप्रतिदिन संक्रमित भई मृत्युवरण गर्न बाध्य भएको गम्भीर परिस्थितिप्रति नेतृत्वपंतिबाट नै अनभिज्ञता प्रकट गरिहेको जस्तो भूमिकाका कारण नेपालको ईज्जत र प्रतिष्ठाप्रति नै लज्जाबोध भइरहेको छ।’

चिकित्सक संघले अहिलेको विधिबाट कोरोना नियन्त्रण गर्न नसकिनेसमेत बताएको छ। संघले यसअघि नै रेडअलर्ट जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *