राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस विरुद्ध खोप ल्याउन सक्रिय भूमिका निभाएकी छन् ।
आमनागरिक कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाइरहेका बेला चासो नदिएको आरोप लागिरहेका बेला बुधबार राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी जिनपिङलाई सम्पर्क गरी नेपाललाई आवश्यक खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।
करिब पौन घण्टाको फोन वार्ताका क्रममा राष्ट्रपति भण्डारीले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व भएकाले खोप खरिदमा सहजिकरण गरेर सहयोग गर्न आग्रह गरेकी हुन् ।
चीनबाट कोरोनाविरुद्धको खोप खरिद गर्न नेपाल इच्छुक रहेको र यस कार्यलाई सहयोग गरिदिन राष्ट्रपति भण्डारीले गरेको आग्रहको जवाफ दिँदै चिनियाँ समकक्षी सीले नेपाललाई सहयोग गर्न आफूहरु सधैं तत्पर रहेको भन्दै १० लाख डोज खोप अनुदानमा दिने बताएका छन् ।
राष्ट्रपति सीले चीनको अभिन्न मित्र नेपाललाई सहयोग गर्न आफूहरु सधैँ तत्पर रहेको बताएका छन् ।
