Friday, November 20

चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइँदै

पाल एयरलाइन्सको चार्टर विमान आज कोरोनाभाइरसविरुद्धको खोप लिएर नेपाल आउदैछ । चीन सरकारले सहयोग स्वरुप दिएको ८ लाख डोज कोरोनाभाइरसविरुद्धको खोप आज दिउँसो काठमाडौं आइपुग्नेछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् । चीनले अनुदानमा दिने भनेको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाडौं ल्याउन लागिएको हो । 

उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे बेइजिङका लागि उडेको थियो । अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई लगाउने तयारी गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *