Friday, November 20

डब्ल्यूएचओद्वारा कोरोनाका भेरियन्टहरूलाई नयाँ नाम दिइयो ‘डेल्टा’ र ‘कप्पा’

पछिल्लो समय विश्वका विभिन्न देशमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिरहेको छ । नयाँ नयाँ प्रकारका कोरोनाभाइरस देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले तिनको नामाकरण गरेको छ । 

कुन प्रकारको कोरोनाभाइरस हो भन्ने सबैमा भ्रम परेपछि विश्व स्वास्थ्य संगठनले ग्रिक शब्दबाट नयाँ नामाकरण गरेको बीबीसीले जनाएको छ । आज यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूले चिनाउनेछ । 

भारतमा देखिएको नयाँ भाइरसलाई नयाँ भेरियन्ट भनेको प्रति भारतले आपत्ती जनाएको थियो । साथै भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन पनि सामाजिक सन्जाल कम्पनीलाई निर्देशन  पनि दिएको छ । 

बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’ भनिएको छ । यस्तै भारतमा भेटिएको भेरियन्ट(B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट(B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको बीबीसीमा जनाइएको छ । 

भारतमै फेला परेको दुवै कोरोनाभाइरस नेपालमा पनि देखिएको छ । त्यसैले नेपालमा पनि यसलाई यही भारतकै नाम भन्नुपर्ने बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *