Friday, November 20

जसपा यादव पक्षले गर्‍यो महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

मंगलबार बसेको  पार्टीको कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्कासन गर्ने निर्णय गरेको हो । 

यसअघि उपेन्द्र पक्ष र महन्थ पक्षले एकअर्कालाई स्पष्टीकरण सोधेका थिए । तर उपेन्द्र पक्षले जेठ ११ गते सोधेको स्पष्टीकरण नआएपछि पुन जेठ १५ गते पनि स्पष्टीकरण सोधेको थियो । तर तोकिएको समयअवधिभित्र जवाफ आएन ।  
 
जसपा अध्यक्ष महन्थ ठाकुरले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले यसको विरोध गर्दै आइरहेका छन् । जसका कारण अहिले जसपाका दुई पक्षबीच विवाद बढ्दै गइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *