ब्ल्याक फंगस संक्रमणबाट वीरगंजमा ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगंज महानगरपालिका-२७ अलौंकी ६५ वर्षीया महिला, बारा घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज-१३ का ६७ वर्षीय पुरुष रहेका छन् ।उनीहरुको ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणका कारण उपचारको क्रममा ज्यान गएको हो ।
वीरगंजमा हालसम्म ८ जनामा ब्ल्याक फंगस संक्रमण फेला परेको छ । ८ जना मध्ये ३ जनाको मृत्यु भएको हो भने ५ जना संक्रमितलाई उपचारको लागि भारत पठाइएको जनाइएको छ । ब्ल्याक फंगस संक्रमितको उपचार नेपालमा सम्भव नभएकोले उनीहरुलाई भारत उपचारको लागि पठाइएको हो । उनीहरूको उपचार पटना र लखनउमा भइरहेको जनाइएको छ ।
