Friday, November 20

विश्वभर १५ करोड ५२ लाख कोरोना संक्रमित निको भए

विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २४ लाख २७ हजार ५ सय ९४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६ हजार ५ सय ७८ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा १५ करोड ५२ लाख ८४ हजार ४ सय ९९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ११ हजार २० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४१ लाख ५४ हजार ३ सय ५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७९ लाख ८६ हजार ५ सय ११ कोरोना संक्रमित निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ६७ हजार ७ सय ६ पुगेको छ भने संक्रमितको संख्या १ करोड ६७ लाख २० हजार ८१ पुगेको छ । यस्तै एक करोड ५१ लाख ६८ हजार ३ सय ३० निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *