प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
उनले पुनर्गठन गर्नु सर्वोच्च अदालतको फैसलासम्मलाई दुइ चारदिनको घामछांया भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीमै समस्या रहेको बताउदै भने – ‘न मन्त्री फाल्नु समाधान हो न पाल्नु’
उनले लेखेका छन् – ‘पुनर्गठनमा टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा – कलेजोमा छ क्यान्सर बुढी औंलामा सिवाजल गोलि ! समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु । `फैसला’ सम्मलाई दुइ-चारदिनको घामछांया !’
