Friday, November 20

भारतमा एकैदिन १ लाख १ हजार संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

पछिल्लो २४ घण्टामा १ लाख १ हजार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा १ लाख १४ हजार ५३७  कोरोना संक्रमित फेला परेका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख ९ हजार ६०४ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।  यस्तै २ करोड ७१ लाख ५० हजार ७२७कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *