नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको एकता बचाउन जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । उनले शीर्ष नेताकै कारण पार्टीमा एकता हुन नसकेको बताएका छन् । उनले पार्टी एकता हुन नसक्नुमा मुल जड बारे बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर अर्को पार्टी जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।
यस्तै उनले नेपाल र खनाल पनि आफ्नै पार्टीका ओलीसँग मिल्न तयार नहुने तर कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी गर्न तयार भएको बताएका छन् ।
उनले यी नै कारणले गर्दा पार्टीको समस्या हल हुन नसकेको र एकता हुन नसकेको बताएका छन् । उनले पार्टी एकताको समस्याको मुल जड पनि यहि भएको बताएका छन् । उनले प्रश्न सोधेका छन् – ‘कस्ले, किन र के कालागि गर्दैछ यो सब ? ‘
उनले लेखेका छन् – एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।
