Friday, November 20

काठमाडौंका यी अस्पतालमा आज र भोलि भेरोसेल खोप लगाइँने

काठमाडौं महानगरपालिकाले आजदेखि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । सूचना जारी गर्दै काठमाडौं महानगरले भेरोसेल खोप लगाइने बारे जानकारी दिएको छ । 

महानगरले भेरोसेल खोप आज र भोलि ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको हो । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो तर खोप अभाव भएपछि स्थगित गरिएको थियो । 

महानगरका अनुसार खोप विहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पतालमा लगाइनेछ । 

kt.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *