मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
