Friday, November 20

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन

पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । 

उनको आइतबार बिहान ६० वर्षको उमेरमा मेडिसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनलाई एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । 

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारको लागि ल्याइएको थियो । विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर काम गरेका थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *