Friday, November 20

जर्मनी युरोकपको नकआउट चरणमा पुग्यो

ईएफए युरोकप २०२० फुटबलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एलियान्ज अरिनामा बुधबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २ – २ गोलको बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको हो।

जर्मनीका लागि काई हार्भटेज र लियोन गोर्टेज्काले एक एक गोल गरे। हंगेरीका लागि कप्तान एडम सजलाई र आन्द्रेस सेफेरले एक एक गो फर्काए। प्रतिस्पर्धात्मक बनेको खेलमा हंगेरीसँग बराबरीको नतिजा निकाल्न जर्मनलाई ठूलो संघर्ष गर्नुपर्यो। दुई पटक हंगेरीले अग्रता बनाए पनि अग्रतालाई कायम राख्न सकेन।

पहिलो हाफको ११ औं मिनेटमा कप्तान एडम सजलाईले उत्कृष्ट गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसको दुई मिनेट पछि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए।

खेलको अन्तिम समय ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काए। उक्त गोलले नै जर्मनीलाई नकआउट चरणमा प्रवेश गर्न ठूलो राहत मिल्यो।समूह ’एफ‘ मा रहेको जर्मनीले बराबरीसँगै नकआउट चरणको यात्रा पक्का गरेको छ। जर्मनी समूह चरणको तीन खेलमा ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ। बराबरीसँगै हंगेरी भने प्रतियोगिताबाट बाहिरीएको छ। हंगेरीले तीन खेलमा एक अंक जोडेर पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *