गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा स्विट्जरल्यान्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पराजित गरेको हो ।
उक्त खेलमा ३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फ्रान्समाथि स्विट्जरल्यान्डले ५-४ गोलको जित निकालेको हो । जितसँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
उक्त खेलमा फ्रान्सका बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गर्दै टिमलाई अग्रता दोब्बर पारेका थिए । स्विट्जरल्यान्डले अब क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ ।
