गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा युक्रेनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युक्रेनले स्वीडेनलाई २-१ गोलले पराजित गरेको हो ।
उक्त खेलको २७ औं मिनेटमा युक्रेनका ओलेक्जान्दर जिन्चेन्कोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गरे ।
९९ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटियो । खेलको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गर्दै युक्रेनलाई जित दिलाए । जितसँगै युक्रेन क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
