Friday, November 20

भारतमा एकैदिन ३४०० कोरोना संक्रमित फेला, ५५२ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार ३ सय १० पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ३४ हजार ६७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ६ लाख १८ हजार ९ सय ३९ जना पुगेको छ । हालसम्म २ करोड ९७ लाख ४४ हजार ८ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *