Friday, November 20

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

कोरोनाभाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि लगाइदैछ । ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई आजदेखि लगाइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

‘भेरोसेल’को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने बताएका छन् । 

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ । 

दोस्रो डोजको खोप लगाउनको लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौंका अरु पालिकामा दुई दुई ठाउँमा खोप केन्द्र तोकिएको छ । यस्तै खोप लगाउन भक्तपुरमा ३८ वटा केन्द्र रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *