युरोपेली च्याम्पियनसिप अन्तर्गत बुधबार इंग्ल्यान्ड र डेनमार्कबीच हुँदैछन् । इंग्ल्यान्ड र डेनमार्कबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।
यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनलमा जाने लक्ष्य सहित मैदान उत्रिनेछन् । बिजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि क्वार्टरफाइनलमा इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेको थियो । गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै इटाली फाइनलमा पुगेको हो ।
