Friday, November 20

पाल्पामा पहिरोले पुरिएर एकको मृत्यु, ५ घर पुरियो

पाल्पामा बिहिबार बिहान अविरल बर्षाका कारण आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका(५ केराबारीमा पहिरो जाँदा ५ घर पुरिएको प्रहरीले जनाएको छ । 

गिट्टी खानी हिउँदे खोला क्षेत्रमा पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सोही स्थानका रमेश परियारका ८ वर्षीय छोरा आरब परियार बेपत्ता भएका छन् । पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ  र बलबहादुर पुनको घर पुरिएको हो । 

पहिरोमा परी घाइते भएकाहरुको कल्याणी आधारभूत विद्यालयमा राखी उपचार भएको जनाइएको छ । अविरल बर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा पनि बन्द भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *