Friday, November 20

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *