प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै आज बस्ने बैठकको कार्यसूची बारे जानकारी गराएका छन् ।
आजको कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र पढेर सुनाउने र केही शोक प्रस्ताव पारित गर्ने रहेको छ ।
यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।
गत मंगलबार प्रधानमन्त्री मा नियुक्त भएका शेरबहादुर देउवाले साउन २९ भित्र संसदको चालु अधिवेशनमै विश्वासको मतसमेत लिनुपर्ने हुन्छ ।

