Friday, November 20

आज केही स्थानहरूमा ‘भारी वर्षा’ को सम्भावना

सोमबार देशका अधिकांश भूभागमा आंशिक देखी सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश को एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *