Friday, November 20

घरघरमै गएर कोरोना खोप लगाइदिन सर्वाेच्च अदालतको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकसहितलाई घरघरमै गएर कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

note khop adalat.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *