Friday, November 20

‘कमेडी च्याम्पियन २’ छाड्दै ऋचा शर्मा

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन २’को की निर्णायक ऋचा शर्माले शो छाड्ने भएकी छिन् । आफुले शो छाड्ने बारे अभिनेत्री ऋचाले शोमा नै जानकारी गराएकी हुन् । 

उनले आफु आमा बन्न लागेकोले शोको निर्णायकबाट आफु बाहिरिन लागेको बताएकी छिन् । उनले डाक्टरले दिएको सल्लाह अनुसार उनले शो छाड्ने बताएकी छिन् । उनी सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । 

यस्तै निर्देशक विशाल भण्डारीका अनुसार आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि यो शोमा ऋचा निर्णायको रुपमा रहनेछैनिन् ।

अहिले कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । ‘कमेडी च्याम्पियन २’मा अहिलेसम्म सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *