नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।
शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहदा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्।
ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतको लागि संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन् ।
आज बिहान ११ बजे स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक ३ बजे संसद भवन बानेश्वरमा बस्नेछ । सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन अपिल गरेका थिए ।
