Friday, November 20

रहेनन् हाँस्यकलाकार शम्भु थापा ‘बखते’

चर्चित हाँस्यकलाकार शम्भु थापा ‘बखते’को निधन भएको छ । उनको शनिवार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निभन भएको हो । कोरोनासक्रमित भएपछि उनको दुई साताअघिदेखि अस्पतालमा उपचार हुँदै आएको थियो । 

उनको अचानक शनिवार शनिबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोलमाल, मेरी बास्सै, हल्का रमाइलो, भद्रगोल लगायतका दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका उनी बखते नामले चिनिएका थिए । 

टेलीचलचित्र हल्का रमाइलोमा उनको बखतेको भूमिका निकै रुचाइएको थियो । उनी चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले ‘मदन बहादुर हरिबहादुर मा पनि अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *