Friday, November 20

प्रदेश-२ र लुम्बिनी बाहेकका सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

 मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहि  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ। न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *