बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
