Friday, November 20

रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *