बुधबार देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ। आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ का एक(दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
