भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ सय ३३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४८ हजार ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार ९ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३७ लाख ८९ हजार ३ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ५६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड ३० लाख ६० हजार ९ सय ८० कोरोना संक्रमित निको भइसकेका छन् ।
