Friday, November 20

ग्यालेक्सि एक्सिलेन्स अवार्डसको पहिलो संस्करण भव्य रुपमा सम्पन्न

भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सीलेन्स अवार्ड वितरण गरिएको छ । समारोहमा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ ।

कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको हो । आयोजक सोनितराज ढुङ्गेलका अनुसार कला क्षेत्रसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएकाहरुलाई अवार्ड प्रदान गरिएको हो । ¥याडिसन होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा प्रदान गरिएको अवार्डमा, बेस्ट सिङगर पपुलर चर्चित गायक प्रकाश सपुतलाई, बेस्ट प्रिन्सिपल दिवश शाक्यलाई, द बेस्ट कोभिड हिरो मनोज आचार्यलाई, द योङ एजुकेसन हिरो अवार्ड सुनिल रानालाई, द इनोभेटिभ एक्सीलेन्स स्टिभ फाउन्डेसन, बेस्ट इर्मजिङ कन्सलटेन्सी भिभिड कन्सलटेन्टलाई, सोसल लिडर अर्वाड शत्रुघन अन्सारीलाई युथ ब्याङकर एण्ड सोसल ईम्प्याक्ट अर्वाड शाश्वत कार्कीलाइ, आउटस्ट्यान्डिङ योङ ईन्टरप्रिनर अभिविन्द खनियालाई, बेष्ट प्राईमरी स्कूल अफ भक्तपूर युरो स्कूललाई, एजुकेशनल लिडरसिप एण्ड म्यानेजमेन्ट अवार्ड कृष्ण गौतमलाई, बेष्ट एकेडेमी डाईरेक्टर रमाकुमारी प्याकुरेललाई, बेष्ट अटिजम स्कूल सेन्टर फर अटिजम नेपाललाई, डाईनामिक स्कूल्स प्रिन्सिपल रामकुष्ण बललाई, मोष्ट ईन्स्पाईरिङ आईकन अवार्ड डा. डिआर उपाध्ययलाई, ईर्मजिङ लिडर ईन हेल्थ केयर कृष्ण घिमिरिेलाई, बेष्ट एकेडेमी एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजलाई, योङ याचिभर अवार्ड प्रसन्न अर्याललाई, बेष्ट लिरिसिष्ट होमराज श्रेष्ठलाई, बेष्ट इर्मजिङ एजुकेशन ईन्टरप्रिनर गोपाल भण्डारीलाई, बेष्ट इर्मजिङ कलेज अफ द इयर ओरियन्ट कलेज (प्लस २), ए लेभललाई, बेष्ट मन्टेश्वरी अफ द इयर बेष्ट मन्टेश्वरीलाई, आउटस्ट्यान्डिङ एकेडेमीक चियरम्यान द्रेवेन्द्र भण्डारीलाई, बेष्ट इभेन्ट डाईरेक्टर लब बहादुर कार्कीलाई, इर्मजिङ होटेलर अफ द इयर श्यामकाजी महतलाई, बेष्ट मिडिया पर्सन राजेन्द्र लुईटेललाई, आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन इन आर्ट एण्ड कल्चर श्रीदेव अर्याललाई भर्सटाईल प्रोफेसन अवार्ड सतिस कार्कीलाई, बेष्ट मोडल  सञ्जित भण्डारीलाई, बेष्ट फिल्म जर्नालिष्ट प्रकाश सुवेदीलाई बेष्ट सिङ्कर (लोकपप) रामकृष्ण श्रेष्ठलाई, बेष्ट आउटस्ट्यान्डिङ बिजिनेस अवार्ड शेर खानलाई, आउटस्ट्यान्डिङ ओमन लिडरसिप अवार्ड यमु शर्मा सुब्बालाई दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *