काठमाण्डौँ, मंसिर ८
ग्यालेक्सी दैनिक
पुर्वाञ्चलको बिभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ ।
सुरेश अधिकारीको शब्द, सङ्गीत तथा तारा लावतिको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गर्नुभएको छ ।
माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुनुहुन्छ ।
मधुराज केरुङ, तरा लिङ्देन, लेन्जो इङ्वा,रुपा तुम्रोक, निङ्वा नेम्बाङ, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गर्नुभएको छ ।
भिडियोको छायांकन सञ्जय आचार्य, शृंङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गर्नुभएको छ ।
भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी च्यानल अमेरिकाबाट सार्वजनिक भएको हो ।
