काठमाण्डौ, मंसिर १५
ग्यालेक्सी दैनिक
पछिल्लो समय चलचित्र निर्देशक मदन घिमिरे भिडियो निर्देशनमा ब्यस्त रहेका छन् ।
उनले एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा मंगलबार ‘कहिले घाम कहिले पानी’बोलको भिडियो सार्वजनिक गरेका छन् ।
गीतका रचनाकार पनि स्वयं निर्देशक घिमिरे नै हुन्न् ।
गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन मनोज मालेको रहेको छ ।
भिडियोमा नायक शितल के.सी. र पुष्पा लिम्बुले अभिनय गरेका छन ।
भिडियोमा रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।
भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
