Friday, November 20

मुस्लिम कोटाबाट हसन अन्सारीको केन्दिय सदस्यमा उम्मेदवारी

काठमाण्डौ, मंसिर १९ 
ग्यालेक्सी दैनिक
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मोरंगका हसन अन्सारीले केन्द्रीय सदस्य (मुस्लिम कोटा ) मा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको वर्तमान आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका अन्सारीले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

पार्टीका हरेक तहमा आदिवासी जनजाती ,महिला,मधेसी, थारु, मुस्लिम आर्य खाश इत्यादि सम्पूर्ण समुदायको सम्मानजनक सहभागिता र समुदायको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले केन्द्रमा गएर महत्वपूर्ण भूमिका निर्बाह गर्ने केन्द्रीय सदस्यका उम्मेदवारि दिएको अन्सारीले सिनेकला डटकमलाई बताए।

उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न, आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउनका लागि आफूले प्रयास गर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *