Friday, November 20

बिनय कार्कीको सालको पातमा देखिए पहिलोचोटी म्याकुरी दम्पती

काठमाण्डौ, पुष ३

ग्यालेक्सी दैनिक

भ्वाईस अफ नेपालबाट भुमो गायकका रुपमा चर्चित बिनय कार्कीले आफ्नो नयाँ गीत ‘सालको पात” सार्वजनिक गरेका छन ।

डेढ दशकदेखि सांगितिक क्षेत्रमा कृयाशील गायक बिनय कार्की बिनय के टुको नामले चर्चित छन भने कार्कीले भ्वाइसमा आफ्नो कलाको जादु छरेपछी विगतलाई फर्केर हेर्नु नपरेको कुरा सुनाए ।

बिक्रम के सि को शब्द तथा गायक कार्कीको आफ्नै संगीत तथा एरेन्जमा तयार पारीएको यस् गीतको भिडियोमा अहिलेका चर्चित हास्य कलाकार पवन खतिवडा(म्याकुरी)को अभिनय देख्न सकिन्छ भने उनलाई उनकै जीवनसाथी सुमिना खालिङले अभिनयमा साथ दिएकी छिन । यी दम्पतीको हालै यही मंसिरमा विवाह भएको हो भने यी दुई साथमा अभिनय गरेको यो पहिलो म्युजिक भिडियो पनि हो । यी जोडी अहिले मिडियामा भाईरल जोडीको रुपमा पनि चर्चित छन । त्यस्तै जि बि चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियोलाई शशान कंडेलले निर्देशन् गरेका छ भने छांयाकन बुद्ध थापा, सम्पादन बिकास दाहाल तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *