काठमाण्डौ, पुष १२
ग्यालेक्सी दैनिक
मकवानपुर, हर्नमाडीमा रहेको निकै नै पुरानो विद्यालयले आफ्नो स्थापनाकालको ५५ औं वर्ष पुरा गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरी सभ्य भब्य रुपमा मनाएको छ ।
प्रदेश न ३ क्षेत्रका भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा, सभामुख हर्क रम्तेल, विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक, शिक्षक शिक्षिका, वरिष्ठ सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, भुतपुर्व विधार्थीहरु तथा उल्लेख्नीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको हातबाट ५५ औं विद्यालय दिवसको अवसरमा गरिएको पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’का कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनो साथै विधार्थी भाईबहिनीहरुलाई प्रमाण पत्र तथा पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरुले शुभकामना मन्तव्यहरु व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका भाईबहिनीहरुले सांस्कृतिक कार्यक्रम, करातेको काटा खेल लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
