Friday, November 20

पुर्व प्रधानमन्त्री ओलिसंग महाअभियानका प्रतिनिधि मण्डलको विशेष भेटवार्ता

काठमाण्डौ, पौष २१
ग्यालेक्सी दैनिक
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा विभिन्न तहतप्काबाट भै रहेको संस्कृति बचाउ कार्यक्रम,अभियानलाई सहयोग समर्थन र सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउनका लागि भन्दै केही दिन अगाडि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।

नेपालमा भएको कलासंस्कृति अतिक्रमणको बिषयमा महाअभियानले पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई निवासमै भेटि ध्यानाकर्षण गराएको छ । बुधबार महाअभियानको एक टोलीले भेट गर्दै देशमा बढ्दै गैरहेको सांस्कृतिक अतिक्रमण र बिकृतीबारे जानकारी गराएको हो । महाअभियानका संयोजक मोहन निरौला, सदस्य सचिब ठण्ड बहादुर अधिकारी, प्रवक्ता बिश्वमणि घिमिरे, सदस्य मनोज भेटवाल, मुकुन्द मैनाली, सुन्दर श्रेष्ठ अभियान्ताहरु जुना श्रेष्ठ, लक्ष्मी भट्टराई, सुधा कार्की, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, हास्य कलाकार उतम के सि, सुरज ढकाल, उपेश कोइराला र गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, महाअभियान बागमती प्रदेशका संयोजक हरिकृष्ण श्रेष्ठ सहभागी थिए ।

‘देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्वर्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग हामीले पुर्वप्रधामन्त्री ओलि सँग गरेका छौ’ महाअभियानका सदस्य सचीव ठण्ड बहादुर अधिकारीले भने ‘कुनै पनि देशको सम्पदा र संस्कृतिसंँग देशको पहिचान जोडिएको हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्यराख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मुल उदेश्य छ
भेटमा महाअभियानको तर्फबाट प्रतिनिधि मण्डलले ओलिलाई महाअभियानको प्रतिक स्बरूप नेपालको बिविध संस्कृति र संपदा अंकित छांँया चित्र, अपिल एवं ध्यानाकर्षण पत्र वाचन,महाअभियानको कार्यक्रम पुस्तिका प्रदान गर्दै नेपाली योग गुरु सुधन भेटवालले योगको विभिन्न आसनहरु प्रस्तुत गरेका थिए ।

भेटमा भुतपुर्व प्रधान मन्त्री ओलिले महाअभियानको सफलताको शुभकामना दिदै पार्टी संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र ब्यक्तिगत तर्फबाट पनि सक्दो यस अभियानलाई सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । ‘नेपाली संस्कृति बचाऔं महाअभियान–२०७८’ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो । गठन भएयता महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि बितरणगरे संगै अहिल्लो हप्ता सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष भेटगरी महाअभियानको बारे जानकारी गराएको थियो । कार्यक्रमलाई महाअभियानका सदस्य मनोज भेटवालले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *