काठमाण्डौं, माघ १८
ग्यालेक्सी दैनिक
अञ्जु पन्त र शिव परियारको स्वरमा सजियको मर्मस्पर्शी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ ।
भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ ।
फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो ।
रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।
