Friday, November 20

‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक

काठमाण्डौँ, माघ २५
ग्यलेक्सी दैनिक
रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ ।

प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ ।

प्रोमोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा देखिएका छन् ।

तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस् खतिवडा र मानस घले छन् l यस अघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो ।

जुन भिडियोले हाल सम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको छ ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डी म्युजिक टिभी मार्फत प्रसारणमा आउने भएको हो । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ ।

नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । डी म्युजिक टिभीको प्रस्तुति रहेको उक्त शोलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागी ८००० भन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागिता जनाएका थिए जस मध्य ६०० जनाको विभिन्न सहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागी प्रतिस्पर्धा गर्नेछन् ।

‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *