Friday, November 20

चर्चित बालकलाकार आयुसी, जेभिन जेनिस अभिनित ‘बुहारी चाहियो घर’ सार्वजनिक

काठमाण्डौ, फागुन ७
ग्यालेक्सी दैनिक
‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन ।

भिडियोमा मल्टिपल कलाकारको अभिनय देख्न सकिन्छ ।

घरमा बुहारी चाहियो भनेर बाआमाले भनेपछी छोरो बुहारीको खोजीमा केटी खोज्दै हिंडेको लगायतका रमाइला प्रसंगहरु समेटिएको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिन/जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ ।

गायक भुपेन्द्र सिंह र गायिका रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ ।

भिडियोमा सिनेम्याटोग्राफर निरज कंडेल तथा टिम(बिरु तमु, दीपेन्द्र थपलिया माने, निसान कँडेल)को छांयाकन, निराजन के.सि.को सम्पादन, सौगात धितालको ड्रोन अपरेटिङ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको मेकअप, देब दोर्जे लामाको असिसटेन्ट कोरियोग्राफी, सुमन कुमार श्रेष्ठको फोटोग्राफी तथा पोस्टर डिजाईन रहेको छ ।

भिडियो ओएस्आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

निकै मिहिनेत गरेर निर्माण गरेको यस् भिडियोलाई एक चोटि हेरिदिनु हुन ‘बुहारी चाहियो घर’ टिमले सबै दर्शकमा अनुरोध गरेका छन भने केही दिन अघि मात्र यस् भिडियोको ट्रिजर पनि सार्वजनिक गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *