Friday, November 20

युटुब ट्रेन्डिङमा गायक बादल थापाको ‘ननुको भारी’

काठमाण्डौ, फागुन १० 
ग्यालेक्सी दैनिक
एक साता अघि मात्र सार्वजनिक भएको ‘ननुको भारी’ बोल रहेको गीतको म्युजिक भिडियो युट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।

लक्षमण देवकोटा र सरस्वती खत्रीको दमदार अभिनय रहेको भिडियोमा बिनय राज पौडेलको निर्देशन रहेको छ ।

अहिले ट्रेन्डिङमा पुग्न सफल उक्त भिडियोमा डोल्पाको जनजीवनको यथार्थ चित्रण गरिएको निर्देशक बिनय राज पौडेलले जानकारी गराए ।

गीतमा लेखराज गिरीको शब्द, बादल थापाको स्वर रहेको छ ।

भिडियो गायक बादल थापाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *